नेकपाको उपाध्यक्षमा बामदेब गौतम,स्कुल बिभागको नेतृव्व ईश्वर पोखरेललाई

साउन ३१, काठमाडौं — लामो समयपछि नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व कर्ता चयन गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले स्कुल बिभागको नेतृव्व उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिएको छ । त्यस्तै बैठकले  नेकपा को उपाध्यक्ष  बामदेब गौतमलाइ बनाउने गरि सहमति गरेको छ ।

बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।

त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री समेत रहेका नेता योगेश भट्टराईलाई पर्यटन विभागकै नेतृत्व दिएको छ । यसैगरी अर्थ तथा योजना बिभाग प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

बैठकले सातवटै प्रदेशमा दुई दुई जना सहइञ्चार्ज थप गरेको छ । जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पावान, प्रदेश ३ मा काशीनाथ अधिकारी र हितमान शाक्य सहइञ्चार्ज भएका छन् ।

यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी, कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश तथा सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी, लेखराज भट्टलाई सहइञ्चार्ज बनाइएको छ ।