नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

साउन ३१, काठमाडौं — सत्तारूढ दल नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । सचेतक ढकाल चार दिनदेखि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।