पुल भाँचिएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सूचारु

साउन २९, काठमाडौं — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको अरुण खोलामामा पुल भाँचिएपछि रोकिएका सवारीसाधन वैकल्पिक बाटो भएर चल्न सुरु गरेका छन् ।

पुलको उत्तरतर्फबाट वैकल्पिक बाटो खोलेर यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । मध्यविन्दू नगरपालिकाअन्तर्गत अरुण खोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था छ ।