रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

साउन २९,काठमाडौ — प्रदेश २ सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।