प्रभासले ‘साहो’का लागि दुई वर्ष दिन चाहन्नथेँ

साउन २७, एजेन्सी  –  दक्षिण भारतीय सुपरस्टार प्रभासको एक्सन थ्रीलर फिल्म ‘साहो’ को ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरमा हलिउड स्तरको जबरजस्त एक्सन देख्न सकिन्छ । फिल्ममा प्रभासले एक अन्डरकभर एजेन्टको भूमिका निभाएका छन् ।

सन् २०१७ पछि प्रभासका कुनै फिल्म रिलिज भएका छैनन् । उनको पछिल्लो रिलिज भएको भएको फिल्म ‘बाहुबली २’ थियो । दुई वर्षपछि धमाकेदार फिल्म लिएर आएका छन् ।

प्रभासले ट्रेलर लन्च कार्यक्रममा यो कुराको खुलासा गरे कि, उनले खासमा फिल्मका लागि यति लामो समय दिन चाहँदैनथे ।

‘म यो फिल्मका लागि दुई वर्ष दिन चाहन्नथेँ, किनकि यस पहिले मैले ‘बाहुबली’का लागि ४ वर्ष दिएको थिएँ तर एक्सन सिक्वेन्सका लागि एकदमै धेरै तयारी गर्न जरुरी थियो’, प्रभासले भने ।

यो फिल्ममा कैयन् एक्सन दृश्य छन् । यस्तै आबुधाबीको दृश्य पनि छ । ‘यसका लागि धेरै नै तयारी गर्नुपर्ने थियो, हामीले केही दृश्यका लागि मात्रै १ वर्ष काम गरेका छौँ, फिल्मका लागि पनि पर्याप्त तयारी र रिहर्सल जुरुरी थियो,’ प्रभासले भने ।

यो फिल्म रिलिज हुने तयारीमा रहँदा प्रभासले अर्को फिल्मको शूटिङ थालेका छन् । उक्त फिल्मलाई केके राधाकृष्णाले निर्देशन गर्दैछन् । प्रभासले भने, ‘मैले नयाँ फिल्मको छायांकन थालेको २० दिन भइसकेको छ, म चाहन्छु कि, यो फिल्मपछि म वर्षमा २ वटा फिल्म गर्न सकुँ ।’