स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

साउन २७, काठमाडौं– स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

स्वास्थ्य परीक्षणका लागि गत १८ गते शनिवार सिंगापुर गएका प्रधानमन्त्री थाइ एयरवेजको बिमानबाट आज दिउसो साढे १२ बजे स्वदेश फर्किएका हुन् ।

ओलीले ‘मेरो स्वास्थ्य अवस्था हेर्दा नै थाहा भयो होला नि !’ भन्दैे संक्षिप्त प्रतिक्रिया दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीको स्वागतका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगैसिंगापुर भ्रमणमा रहैका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र निजी चिकित्सा डा दिव्यसिंह शाह पनि स्वादेश फर्किएका छन् ।