प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

साउन २७,काठमाडौं – उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वदेश फर्किदै छन् ।
उनी सोमवार अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किने तय भएपनि सरेर आइतवार फर्किने भनिएको थियो । तर पछि स्वदेश फर्किने कार्यक्रम आज सोमवारका लागी सरेको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेको कारण सिंगापुर बसाइ लम्बिएको बताईएको छ । उनका प्रेस संयोजक डा. कुन्दन अर्यालका अनुसार स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमवार दिउँसो स्वदेश फर्कने कार्यक्रम तय भएको हो ।

१३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । नियमित स्वास्थ्य परीक्षणग यसअघि पनि उनी थाइल्याण्ड पुगेको थिए ।

प्रधानमन्त्रीसँग अहिले धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत रहेका छन् ।