सचेत रहन सरकारको अपिल, उपत्यकामा बाढी बस्तीमा पस्न सक्छ

साउन २६,काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा पानीको बहाब बढ्दो क्रममा रहेको भन्दै सचेत रहन अपिल गरेको छ ।

आइतवार बिहान ट्वीट गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत बाढी पूर्वानुमान विभागले जुनुकै बेला बाढी पस्न सक्ने भन्दै सचेत रहन अपिल गरेको हो ।

’हाल काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरा लगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा छ, मनोहरा र हनुमन्ते लगायतमा बहाव सतर्कता तह आसपास छ र बढ्दो रहेकाले खतराको तहसम्मको बाढी आई नदी किनारको बस्तीमा पस्न सक्छ, सतर्क रहौं।’