दाङमा गाउँपालिकाको अध्यक्ष चढ्ने सरकारी गाडीमा आगजानी

साउन २६, घोराही – दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी गाडीमा आगजानी गराईएको पाइएको छ ।

अज्ञात समूहले गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा आगजनी गराइएको बताइएको हो ।

गाडी आगोले जलेर पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरी राखेको

गाडीमा शनिबार मध्यराति आगजनी भएकोे दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

कसले र किन आगो लगाएको, खुल्न नसकेको उनले बताए । बंगलाचुली रोल्पा जिल्लासँग सिमाना जोडिएको दाङको पहाडी क्षेत्र हो ।