ईन्धन बोकेको ट्याङ्कर विष्फोट हुँदा तान्जानियामा ६० जनाको मृत्य, ७० बढि घाईते

साउन २६, काठमाडौं– तान्जानियाको मोरोगोरो शहर नजिक इन्धन बोकेको ट्याङ्कर विष्फोट हुँदा ६० जनाले ज्यान गुमाएका छन् । ७० भन्दा बढी घाइते भएका छन् ।

इन्धन बोकेको ट्याङ्कर विष्फोट भई निस्किएको ज्वालाका कारण धेरैको मृत्यु भएको बताइएको छ ।

मत्यु हुनेहरु अधिकांश मोटरसाइकलमा यात्रा गर्नेहरु रहेका छन् । उनीहरु ट्याङ्करबाट चुहिएको इन्धन जम्मा गर्ने क्रममा ट्याङ्कर पड्केर मृत्य भएको जनाइएको छ ।

चुहिएको इन्धनमा चुरोटको ठुटो फाल्दा आगलागी भई विष्फोट भएको हो ।