सामान्य बदली मेघ, गर्जन र चट्याङ्गसहित आज विभिन्न स्थानमा मध्यम वर्षा हुने

साउन २६, काठमाडौं– आज मुलुकका विभिन्न ठाउँमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का र मध्यम खाल्को वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानूमान महाशाखाले मुलुकका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहितको वर्षा हुने भएकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

देशका पहाडी भू–भागमा एक–दुई ठाउँमा भारी वर्षा हुने भएकोले चुरेबाट बग्ने नदीमा पानीको वहावमा आकस्मिक बढ्न सक्ने अनुमान गरिएको छ ।

भारी बर्षाका कारण पहिरो, भू–क्षयका कारण यातायातका क्षेत्रमा अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि मौसम महाशाषाको अनुरोध छ ।