डेल स्टेनले लिए टेष्ट क्रिकेटबाट सन्यास

साउन २१, एजेन्सी —   दक्षिण अफ्रिकाका क्रिकेटर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

३६ वर्षे तीव्र गतिका बलर स्टेनले सोमबार टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । स्टेनले दक्षिण अफ्रिकाबाट एकदिवसीय र टी(ट्वान्टी क्रिकेट भने खेल्ने छन् ।

स्टेन पछिल्लो समय चोटबाट गुज्रिएका छन् । स्टेनले इंग्ल्याण्ड विश्वकप अघि कुमको चोट बोकेका थिए । जसको कारण उनले विश्वकप गुमाएका थिए ।

स्टेन टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वा्धिक विकेट लिने खेलाडी हुन् । उनले ३९ खेलमा ४३९ विकेट लिएका छन् ।