फलफुल र हरियो सागपातले मधुमेहको जोखिम कम गर्छ

साउन २१, काठमाडौं —  शाकाहारी खान मात्रै खाए टाइप २ मधुमेहको खतरा कम हुने एक अध्ययनले देखाएको छ । बोट विरुवामा आधारित यस्ता खानाका साथै शारीरिक व्यायामलाई पनि ध्यान दिन विज्ञहरुले सुझाब दिएका छन् ।

तर ति खानाका श्रोतका रुपमा रहेका विरुवा तथा बोट स्वस्थ्य भएमात्रै यस्तो लाभ लिन सकिने अध्ययनको निष्कर्ष छ । त्यस्ता बोटका फलफुल, तरकारी, गेडागुडी दैनिक प्रयोग गरे मधुमेहका विरामीलाई फाइदा हुने अध्ययनमा सहभागीहरुले बताएका छन् ।

अध्ययनमा यस्तो खाना खानेहरुमा मधुमेहको जोखिम २३ प्रतिशत कम भएको पाइएको डाक्टर क्वी सुनले बताए । हार्वड टीएच चान स्कुल अफ पब्लिक हेल्थ, बोस्टन अमेरीकाका न्युट्रिसियन विभाग प्रमुख सुनले यसकालागि स्वच्छ र स्वस्थ्य फलफुल तथा हरियो सागपातको सेवन गर्नु पर्ने बताएका छन् ।

स्वस्थ्य आहार, नियमित व्यायामका साथै शरीरको तौल उचाई अनुसार ठिक्क राख्न सके मधुमेह लाग्न सक्ने सम्भावना निक्कै कम हुन्छ । शाकाहारी वा हरियो खाना ( बोट विरुवामा आधारित) खानमा कार्वाेहाइड्रेटको मात्रा कम हुने हुदाँ मधुमेहको सम्भावना कम हुने उनीहरुको भनाई छ । एमेरिटस किंग्स कलेज लण्डनका पोषण र आहार विज्ञ टा‘म सेन्डरर्सले पनि हरियो खानामा जोड दिएका छन् ।

यो अध्ययन इंटरनल मेडिसिन जर्नलमा प्रकाशित छ ।