स्वास्थ्य जाँच गर्न प्रधानमन्त्री ओली आज सिंगापुर जादै

साउन १८, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी देखिएपछि स्वास्थ्य जाँचका लागि उनि आज सिंगापुर जाने भएका छन् ।

एकसाता अघिमात्र त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहोन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कोठा खाली नभएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराएका प्रधानमन्त्री ओली थप स्वास्थ्य जाँच गर्न सिंगापुर जाने भएका हुन् ।

नियमित औषाधि सेवनसँगै अनिदो बस्न नहुने, न्युनतम सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले दिएको सुझाव वेवास्ता गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी देखिएपछि उनी शनिबार बिहान स्वास्थ्य परीक्षणको लागि सिंगापुर प्रस्थान गर्ने भएका हुन ।