सक्रिय हुदै मनसुन गतिबिधि — आज मेघ गर्जन सहित चट्याङ पर्ने सम्भावना

साउन १८, काठमाडौं — केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि आजबाट बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
महाशाखाका अनुशार आज देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
राति पनि देशका केही स्थानमा मेघगर्जन रचट्याङसहित वर्षा हुने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।