समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

साउन १८, काठमाडौं — सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो ।

समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । समाजवादी पार्टीसँगै अव निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ ।