पटक–पटक दूधको चिया पिउँदाका बेफाइदाहरू

साउन १७ — हामीले बिहान तथा दिउँसो चिया खाने गर्छौं । हामीहरुले धेरैजसो कालो चिया, दूध हालेको चिया, अदुवा चिया वा ग्रिन टीको प्रयोग गर्ने गर्छौं । यी विभिन्न प्रकारका चियामध्ये हामीले दिनमा दुईदेखि तीन पटकसम्म दूधको चिया पिउने गरेका हुन्छौं । यसरी दैनिक पटक–पटक दूधको चिया पिउने गर्दा हामीलाई बानी समेत बसिसकेको हुन्छ भने समयमा चिया नपाउँदा हामीलाई टाउको समेत दुख्ने गर्छ ।

चिया पिउनुका फाइदा नभएका होइनन् । तर, खाली पेटमा पिउने, धेरै पिउने र धेरै चिनी राखेर गुलियो बनाएर चिया पिउनाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्ने हुन्छ । चियामा चिनी र दूधको मिश्रण गर्नु गलत हो । चियामा धेरै मात्रामा कैफिन, फ्लेवनायड्स, टैनिन, फायटोकेमिकल्सहरु हुन्छन् । यी सबै तत्वले हाम्रो शरीरमा विषको जस्तो काम गरिरहेको हुन्छ । शरीरमा रगतको कमी हुन गइ हामीलाई एनेमिया समेत हुन सक्छ ।

खाली पेटमा दूधको चिया पिउँदा थकान तथा एसिडिटी बढ्नुका साथै हामीलाई ग्यास्ट्रिक र कब्जियतसमेत हुने गर्छ । यसले पेटको अल्सर पनि निम्त्याउन सक्छ । दूधको चिया पिउने गर्दा हाम्रो शरीरको तौल बढ्नुका साथै मोटोपनाको समस्या समेत सुरु हुन थाल्छ । तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणा बढी हुने गर्छ । दिनमा ५ कपभन्दा बढी चिया पिउने मानिसको यूरिन लेवल बढ्न गइ मृगौलामा धेरै प्रेशर पार्छ ।

चियामा भएको ओक्सलेट्सले मृगौलामा पथरीका साथै प्रोस्टेट क्यान्सरसमेत हुन सक्ने एक अध्ययनले देखाएको छ । चियामा कोफिनको मात्रा धेरै हुने भएको कारणले मुटुको धड्कन बढ्ने, पसिना आउने, एङ्जाईटी र छटपटी हुने जस्तो समस्या उत्पन्न हुन्छ । चियामा भएको फायटोकेमिकल्सले छटपटी बढाएर निन्द्रामा समेत असर गर्छ । चिया धेरै पिउनाले निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन थाल्छ । यसले हाम्रो शरीरमा कोलेस्टेरोलको मात्रा बढाएर उक्त रक्तचापको समस्या बढाउने हुन्छ ।

चियामा भएको कोफिनले शरीरमा भएको पानीलाई धेरैमात्रामा बाहिर निस्कासन गर्छ । चियाको सेवनले शरीरमा पानीको मात्रा पर्याप्त हुन दिँदैन र हाम्रो शरीर सुख्खा भएर हामीलाई डिहाईड्रेशनसमेत हुन्छ । चियाको पातमा फ्लोराईडको मात्रा धेरै हुन्छ जसकारण हड्डी कमजोर हुन गइ हाम्रो हात खुट्टा कटकट खाने र दुख्ने जस्ता समस्या देखा पर्न थाल्छ । चियाको धेरै सेवनले हाम्रो छालामा शरीर चिलाउने, छाला सुख्खा हुने जस्ता समस्या हुन सक्छ ।

एजेन्सी