’पासवर्ड’को आधिकारिक पोस्टर सार्वजनिक

साउन १३, काठमाडौं — ’पासवर्ड’ सिनेमाले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा सिनेमाको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लियोनी पनि समेटेको छ ।

सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता अनुपविक्रम शाही र विक्रम जोशी बीचको द्वन्दलाई रिलिज पोस्टर मध्ये एकमा देखाइएको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ आदिको अभिनय छ ।

सिनेमा भदौ २७ गते रिलिज हुँदैछ । ’पासवर्ड’ सिनेमामा सन्नी लियोनीले आइटम गीतमा नृत्य गरेकी छन्।