जब बिच सडकमा यि नायिका टपलेस भएर घण्टौं सडकमा बसेकी थिइन्

साउन १३,  एजेन्सी— साउथ इन्डियन फिल्म इन्डष्ट्रिका प्रशंसक नेपालमा पनि उल्लेख्य मात्रामा भएकाले यससँग सम्बन्धित विभिन्न समाचारमा नेपालीको पनि रुचि छ ।

साउथ इन्डियाका विभिन्न खबर आजकाल चर्चामा छ । चाहे त्यो विजर देवरकोन्डाको नयाँ फिल्म ‘डियर कमरेड’ मा किसिङ सीनको विषयमा उठेको विवाद होस् वा दक्षिण भारतका अभिनेत्रीले निर्माता–निर्देशकमाथि लगाइने कास्टिङ काउचको आरोप होस् ।
ताजा मामला मलयालम अभिनेत्री गायत्री सुरेशको हो । गायत्री सुरेशले थुप्रै निर्माताले उनलाई फिल्मको बदलामा सम्बन्ध स्थापित गर्न माग गरेको आरोप लगाएकी छिन् ।

अभिनेत्रीले भनिन् ‘जब म आफ्नो संघर्षको दिनमा थिएँ तब मलाई थुप्रै निर्माताको मेसेज आउँथ्यो । उनीहरुले म यसमा राजी छु कि भनेर पनि सोध्थे । यतिमात्र होइन चर्चित भएपछि एक निर्माताले कम्प्रमाइज गर्न भनेका थिए । ’

उनको यस्तो आरोपपछि साउथ फिल्म उद्योग कास्टिङ काउचको बजार तात्तिएको छ ।
कास्टिङ काउचको विरोधमा अभिनेत्रीले उतारेकी थिइन् कपडाः

साउथ फिल्म इन्डष्ट्रिमा अहिलेसम्म कास्टिङ काउचको विरुद्धमा एक अभिनेत्रीले बीच सडकमा कपडा उतारेर बसेकी थिइन् । तेलुगु अभिनेत्री श्री रेड्डीले निर्मातामाथि कास्टिङ काउचको आरोप लगाउँदै कपडा उतारेर सडकको बीचमा बसेकी थिइन् । उनी त्यहाँ घण्टौंसम्म बसेकी थिइन् ।

हैदराबादमा फिल्म चेम्बरबाहिर टपलेस भएर उनले विरोध जनाएकी थिइन् ।

उनले त्यतिबेलदा भनेकी थिइन्, ‘टलिउडमा बाहिरका मानिसको दबदबा बढ्दै गएको छ जसका कारण स्थानीय मानिसहरुले मौका पाइरहेका छैनन् ।’ यद्यपि, टलिउडले अभिनेत्रीको हरेक आरोपलाई ठाडो अस्विकार गरेको थियो । अभिनेत्रीको यस्तो प्रकारको सडक प्रदर्शनको सूचना पाएका पुलिसले अभिनेत्रीलाई पक्राउ गरेका थिए ।