मूलाको फाईदै फाईदा यसले मोटोपना पनि घटाउँछ

मूला स्वादका लागि जत्तिकै बेस छ, उत्तिकै गुणकारी पनि हुन्छ । यसले हाम्रो स्वास्थ्यमा पनि उत्तिकै फाइदा गर्दछ । मुलाले मोटोपन कम गर्छ । यसको जुसमा थोरै मात्रामा कालो नुन र कागतीको रस मिसाएर पिउनाले केही दिनमै शरीरको तौल घटेको महशुस हुन्छ ।

मूला काँचै खाएमा वा यसका पातको तरकारी बनाएर खाएमा, हरेक प्रकारका पाइल्समा लाभदायक हुन्छ ।

यसका फाइदाहरू यस्ता छन्ः

मृगौलाको खराबीले यदि पिशाब बन्न बन्द भएमा मूलाको रस दुई औंसप्रति मात्रा पिउन दिएमा त्यो फेरि बन्न थाल्छ ।
मूला खानाले मधुमेह भएकालाई लाभ हुन्छ ।

एक काँचो मूला नित्य प्रातः उठ्ने बित्तिकै खाने गरेमा केही दिनमै जण्डिस रोग ठीक हुन्छ ।

गर्मीको प्रभाव देखि अमिलो डकारहरू आउँछ भने त एक कप मूलाको रसमा मिश्री मिसाएर पीउने गरेमा लाभ हुन्छ ।

मृगौलाको खराबीले यदि पिशाब बन्न बन्द भएमा मूलाको रस दुई औंस प्रति मात्रा पिउन दिएमा त्यो फेरि बन्न थाल्छ ।
मूलाले कलेजोलाई बलियो बनाउँछ । साथै पाचन सम्बन्धी जुनसुकै समस्या जस्तैं ग्यास्ट्रिक, कब्जियत, खाना अपच भएका मुला सेवन गरे राहत मिल्छ ।

मूला खानाले मधुमेह भएकालाई लाभ हुन्छ ।

मूलाको जुस पिउनाले कोलेस्ट्रोललाई कम गर्छ । साथै रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।
मूलाले थकार्ई हटाउनुका साथै तनावलाई पनि कम गर्छ ।

मूलामा क्याल्सियम मिन्ड्स नामक तत्व हुने भएकाले दाँत, हड्डी बलियो बनाउन पनि मद्दत गर्छ ।

मधुमेहका रोगीले मूलाको रस पिउनाले पिसाबमा चिनीको मात्रा कम हुन्छ । पिसाब सम्बन्धी समस्या पनि हराएर जान्छ ।