फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान तल

साउन ९— विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले फुटबलको नयाँ वरीयता सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको उक्त वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

यसअघि १ सय ६५औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १ सय ६६औं स्थानमा पुगेको छ । यद्यपि, नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत रहेको छ । २ स्थान तल झरेको भारत १ सय ३औं स्थानमा रहँदा माल्दिभ्स १ सय ५२ औं स्थानमा छ ।

माल्दिभ्स पनि एक स्थान तल झरेको हो । यसैगरी नेपालभन्दा एक स्थान बंगलादेश (१८२औं), भुटान (१८६औं), श्रीलंका (२००औं) र पाकिस्तान (२०४औं) रहेका छन् ।

सो वरीयतामा बेल्जियम पहिला स्थानमा रहँदा, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छन् । यस्तै, पोर्चुगल छैटौँ, क्रोएसिया सातौं, कोलम्बिया आठौं, स्पेन नवौँ अर्जे्न्टिना दशौँ स्थानमा छन् ।

एजेन्सी