निरोगी बन्ने १२ सामान्य तरिका

साउन ६ — स्वास्थ्य नै सम्पत्ति हो । त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि उचित खानपिन र स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । केही त्याग र केही नियमको पालना पनि उत्तिकै अनिवार्य हुन्छ । हामीहरु सामान्य व्यवहार अपनाउँदा पनि निरोगी बन्न सक्छौ ।

फलफुल र सागसब्जीमा जोड

भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ । यिनीहरुमा पर्याप्त पोषणतत्व र न्यून क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ । जतिपनि फलफुल खान सकिन्छ खाए हुन्छ । तर ताजाचाहिँ हुनुपर्छ। मौसमी फलफूल तथा सब्जीहरुमा काउली, स्पिनिच, गाँजर, बन्दा लगायतका हरियो तरकारी खानुपर्छ ।

मासु कम

मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ । डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ । शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ । गेडागुुडी खाँदा खैरा गेडागुडी रोज्नुपर्छ। किनकी प्रायः सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ।

जंक फुड नखाने

प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । प्याकेटमा रािखएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ ।

पर्याप्त पानी पिउने

प्रशस्त पानी पिउनुपर्छ । स्वास्थ्यलाई ठीक राख्न शरिर जतिखेर पनि हाइडे«ड रहनुपर्छ । पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ । विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउदा शरिरलाई हित गर्छ ।

राम्रोसँग पकाउने

राम्रोसँग पकाएर खानुपर्छ। त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ । तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नपर्छ । खानेकुरालाई धेरै फ्राई गर्नुहँुदैन । खानामा सकभर नुन धेरै राख्नुहुँदैन । अमेरिकाको हर्ट एशोसियसनका अनुसार दैनिक १५ सय एमजी नुन खाँदा मानिसलाई ठिक राख्छ ।

चिल्लो कम

चिल्लो खाँदै नखाने भन्ने होइन । तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ । कपाल चम्किलो बनाउन, नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ । जैतुनको तेल, एभोकाडो, नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ । यिनीहरुबाट लिइने चिल्लोलाई थप माात्रामा होइन कि पुरकको रुपमा प्रयोग गर्नपर्छ । चकलेट खानुभन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ ।

व्यायाम

कहिल्यै पनि आरामदायी जीवन रोज्नुहुँदैन । स्वस्थ रहन सक्रीय हुनुपर्छ । फटाफट हिड्नुपर्छ । यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ । दैनिक २ घन्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले देखाएका छन् । मोटोपनले विभिन्न रोग निम्त्याउने भएकोले पनि हिडडुल गर्नु उपयुक्त हुन्छ ।

मदिरा सेवन कम

सकभर मदिरा पिउनुहुँदैन । यदि पिउने नै हो भने थोरै मात्रामा पिउनुपर्छ । थौरे परिणामको मदिराले मुटु स्वस्थ बनाउँछ ।

धुम्रपान नगरौं

धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन । धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ । धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ ।

नियमित परीक्षण

नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । उमेर बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ । वर्षमा कम्तिमा एक पटक सम्पूर्ण शरिर परीक्षण (होल बडी चेक) गन राम्रो हुन्छ । अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि रोग लाग्ने गरेको भेटिन्छ । मुटु, प्रेसर, सुगर जस्ता समस्याबारे सचेत हुनुपर्छ ।

रमाइलो गर्नुपर्छ

रमाइलो गर्नुपर्छ । कामबाट फुर्सद निकालेर रमाइलो गर्नुु राम्रो हुन्छ । चिन्ता र दुःख लिदा अनावश्यक रोग निम्तिन्छ । जीवनलाई मानसिक रुपमा फूर्तिलो बनाउन पनि हसिमजाक आवश्यक पर्छ । ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले पनि मुड फ्रेस हुन्छ ।
निरन्तर सक्रीयता
सानातिना विषयमा पनि सक्रीय हुनुपर्छ । समयको सदुपयोग गरी व्यस्त रहँदा पनि मनमा सन्तोष हुन्छ ।

एजेन्सी