भारतले चन्द्रमामा बाहुबली उपनाम दिइएको चन्द्रयान २ पठायो

साउन ६, काठमाडौं — चन्द्रमामा रकेट पठाउने काम वढिरहेको छ । पछिल्लो पटक सोमबार दिउसो २ बजेर ४३ मिनेट जाँदा भारतीय खगोल अनुसन्धान संगठनले आन्ध्र प्रदेशको श्रीहिरकोटाबाट चन्द्रयान २ नामको रकेट पठाएको हो ।

चन्द्रमामा रकेट पठाउनु भारतका लागि गौरवशाली क्षण भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।  भारतले चन्द्रमा पठाइएको रकेटको नाम चन्द्रयान २ र उपनाम बाहुबली दिइएको छ ।

उक्त रकेट चन्द्रमाको दक्षिण ध्रुवमा ओर्लने अनुमान गरिएको छ । अहिलेसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि यान नओर्लेको कारण भारत पहिलो राष्ट्र बन्ने छ ।
उक्त रकेट पृथ्वीको कक्षमा पुगिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रकेटमा विक्रम नाम गरेको ल्यान्डर र प्रज्ञान नाम गरेको रोभर राखिएको छ । यसले चन्द्रमामा भएको माटोको परीक्षण गर्नुका साथै त्यहाँको भौगोलिक अवस्थाको बारेमा नक्सांकन गर्नेछ ।