बंङ्गलादेशको ढाकामा हिमालय एअरलाइन्सको नियमित उडान सुरु

साउन ६, काठमाडौं — नेपालको अन्तर्रा्ष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्सले अबदेखी बंङ्गलादेशको ढाकामा नियमित उडान सुरु गरेको छ ।
सोमबार पहिलो उडान भरेको हिमालय एअरलाइन्सले काठमाडौंबाट १ सय ४१ यात्रुसहित ढाका पुगेको हो ।

उक्त जहाज ढाकास्थित हजरत साहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट १ सय ४ यात्रु लिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हिमालय एयरर्लाइन्स कम्पनीले बताएको छ ।

हिमालयले ए३२०—२१४ मोडलको एच ९—६७९ जहाजको प्रिमियम इकोनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट रहेको छ । अब मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन हिमालयले ढाकामा उडान गर्नेछ ।

हिमालय एअरलाइन्स अन्तर्रा्ष्ट्रिय उडान सेवा नेपाल र चीन संयुक्त उद्यमका रुपमा मिलेर सन् २०१४ अगस्टमा स्थापना भई सेवा दिदै आएको नेपालको निजी वायुसेवा कम्पनी रहेको छ ।

अहिले हिमालय एयरलाईन्सले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी ६ वटा गन्तब्यमा उडान गरिरहेको छ ।