कांग्रेसले ९ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, साउन ६ — नेपाली कांग्रेसले आगामी साउन ९ गते बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित  का लागि आह्वान गरिएको छ ।