‘हात्ती चले बजार, कुत्ते भुके हजार’भन्दै जवाफ दिइन साम्राज्ञीले

साउन ६, काठमाडौं— युवा पुस्तामाझ निकै चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला फोटोका कारण चर्को आलोचना खेपिरहेकी छन् । उनले आफ्नो प्रेमी देवाङ्कस राणासँग इन्डोनेशियाको बालीको एक समुन्द्री किनारको नजिक रातो विकिनीमा आफ्नो प्रेमीसँग खिचेका केहि फोटोहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

मस्ती मुडमा खिचिएको यी फोटोहरुमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मर चुमेको तिनवोटा तस्विरहरु आफ्नो इन्टाग्राममा सेयर गरेपछि उनलाई सामाजिक सञ्जालमा आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।तर, सेयर गरेको केहि क्षणमै दर्शकहरुको आलोचना र गालीको वर्षात भएपछि उनले उक्त फोटोहरु हटाएका छन् ।

यो बिषयमा केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनामा अभिनेत्री साम्राज्ञीले यतिबेला जवाफ दिएकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते भुके हजार’भन्दै पोस्ट गरेकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् ।