मुम्बई बम काण्डका योजनाकार हाफ़िज़ सईद पक्राउ

साउन १— आतंकवादी क्रियाकलापमा संलग्न रहेका हाफ़िज़ सईद पाकिस्थानमाको लाहोरमा पक्राउ परेका छन् ।
उनलाई लाहोरका लखपत जेल चलान गरिएको छ । हाफिज लस्कर ए तोएवा लगायतका संगठनसँग आवद्ध रहेका छन् ।
मुम्बई हमालाको अभियुक्त मानिएका हाफिजलाई पाकिस्थान सरकारले आतंवादी संगठनका लागि चन्दा संकलन गरेको आरोप लगाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान ख़ान अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटन अमेरिका जानु पूर्व हाफिजको पक्राउलाई अर्थपूर्ण रुपमा लिइएको बिबिसीले जनाएको छ ।

बिबिसी