श्रीमतीको मुत्यु पछि श्रीमानको मृत्यु, ‘राम्रो मृत्यु’ भन्दै नगर परिक्रमा

साउन १, काठमाडौं — इटहरी उपमहानगरपालिकामा एउटा अनौठो घटना घटेको छ । उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो ।उनको मृत्युको एक घण्टापछि उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि मृत्यु भयो । उनको हृदयघात कारण मृत्यु भएको हो ।
श्रीमान श्रीमतीको ै एक दिन मृत्यु भएपछि स्थानीयले ‘राम्रो मृत्यु’ भएको भन्दै शवलाई नगर परिक्रमा समेत गरेका थिए स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेका थिए ।