करिब ११ हजार शिक्षकले बुझाएनन् सम्पत्ति विवरण

साउन १, काठमाडौं — आर्थिक वर्ष २०७४र०७६ मा राज्यकोषबाट तलबभत्ता बुझ्ने ११ हजार १ सय ५७ शिक्षकले सम्पत्ति सम्पत्ति विवरण नबुझाएको पाइएको छ । त्यस्तै निजामतीतर्फ एक हजार ९ सय ३९ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रूपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ। यसैबीच सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई नयाँ आर्थिक वर्ष लागेको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने समयावधि तोकेको छ ।