ट्रम्पविरुद्ध अमेरिकी संसदमा दर्ता खेद प्रस्ताव पारित

साउन १, काठमाडौं —महिला सांसदविरुद्ध नस्लीय टिप्पणी गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदमा दर्ता गरिएको खेद प्रस्ताव पारित भएको छ ।सोमबार अमेरिकाको प्रतिनिधिसभामा २४० मतले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।

१८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा भारी मतले ट्रम्पविरुद्धको खेद प्रस्ताव पारित भएको बीबीसीले जनाएको छे ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि उनीविरुद्धको प्रस्तावको पक्षमा भोट दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशिदा तलिब, अइयाना प्रेस्ली र इल्हान ओमार चार महिला सांसदहरु विरुद्ध ट्वीटरमार्फत कडा टिप्पणी गरेका थिए ।

सोमालियामा जन्मिए सानैमा अमेरिका आएकी सांसद इल्हान ओमार प्रति लक्षित गर्दै ट्रम्पले यी महिला मूल रुपमा त्यो देशका हुन् जसको सरकार पूर्णरुपमा विनाशकारी छ भनेका थिए ।

प्रतिनिधीशभाबाट पारित खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको उल्लेख गरिएको छ ।

यसको व्यापक आलोचना भएपछि ट्रम्पले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा आफू नश्लवादी नभएको खण्डन गर्दै यसलाई गम्भीर रुपमा नलिन भनेका छन् ।