शिल्पालाई फकाउने छविको कोशिस, मध्यरातमा लेखे यस्तो स्टाटस !

असार ३१, काठमाडौं — नायिका शिल्पा पोखरेलले चलचित्र निर्माता छवि ओझा (श्रीमान)सँग सम्बन्ध विच्छेदको माग गरेकी छिन् । काठमाडौँ जिल्ला अदालतमा यही आइतबार ओझासँग पारपाचुकेको माग गर्दै शिल्पाले निवेदन दिएकी हुन् ।
शिल्पाले सोमबार मात्रै श्रीमानसँग सम्बन्ध विच्छेद माग गरेका खबर सार्वजनिक भएको हो ।
गत विहिबार दुवैले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने गरि प्रहरीकै रोहवरमा मिलापत्रमा टुंगिएको थियो । श्रीमानबाट आफु माथि हिंसा भएको शिल्पाको आरोप छ । तर छबी भने श्रीमतिलाई घर फर्काउने कोशिसमा देखिन्छन् ।

सम्बन्ध विच्छेदेको खबर सार्वजनिक भएसँगै निर्माता ओझाले सोमबार राती फेसबुक मार्फत शिल्पालाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् ।