कपाल झर्नुको कारण र यसको समाधान

असार २९, काठमाडौं —पछिल्लो केही समयदेखी उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या प्रत्यक दिन बढ्दो छ । कपाल झर्नु रोग भने होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउको दुखाइको विषय बनिरहेको छ । कपाल झर्नुकोे कारण के हो त? भन्नेमा प्रायः सबै अन्योलमा परेका छन् ।

कपाल झर्नुको कारणः

उमेर बढ्दै जाँदा, वंशाणुगत गुण तथा पुरुषमा टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि कपाल बिस्तारै झर्न सुरु गर्छ ।
दैनिक रुपमा गर्ने काम वा अन्य कारणबाट उत्पन्न हुने तनावले पनि कपाल झर्छ ।
साथै धूम्रपान तथा मद्यपान सेवन गर्नाले , अस्वस्थ खानपानले तथा रसायनयुक्त पदार्थको प्रयोगले समेत कपाल झर्छ ।

समाधानः

वंशाणुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाह्रै होला ।
कपाल झर्नुमा अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग जस्ता कारण रहेछ भने यसलाई तत्काल नै रोक्न सकिन्छ ।

त्यसका लागी स्वास्थ खानेकुरा खाने, धूम्रपान, मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ ।

यसर्थ,स्वस्थ्य जीवनशैली अपनाउ खुसी बनौँ ।