आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक (भिडियोसहित)

असार २९, काठमाडौं — चलचित्र ’हजार जुनीसम्म’ को आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक भएको छ ।
यस गीतमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेता आर्यन सिग्देलको नृत्य गरेका छन् । दीपाश्रीले भट्टीकी साहुनीको रुपमा भूमिका निभाएकी छिन् । साथै आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेस प्रधान, शिवहरी पौडेलले उनलाई साथ दिएका छन् ।

‘आज नगद भोली उधारो’ बोलको यो गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर रहेको छ भने बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।
पुरुषोत्तम प्रधानले छायांकन गरेको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्र भदौ ६ मा प्रदर्शन हुने तय भएको छ ।