सडक दुर्घटनामा परी मलेशियामा २ नेपालीको मृत्यु

असार २९, काठमाडौं — मलेशियामा सडक दुर्घटनामा परेर कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ ।

शुक्रबार डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा दुर्घटना भएको हो ।
भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी पाएको वडाध्यक्ष शिवराज पनेरुले बताए ।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ ।

दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए ।