भूकम्पछि पुननिर्माण : नुवाकोटको पञ्चकन्या गाउँपालिका विकासमा अग्रसर हुदै

विर वहादुर नेपाली
असार २२, नुवाकोट— २०७२ सालको गोर्खा भूकम्पपछि गाउँको मुहार फेरिदै गएको छ । भूकम्पले धेरैको जनजिवन तहसनस भयो । कैयौको ज्यान गयो भने कैयौ घाईते भए । लाखौ घरहरु भत्किए । जस्ले धेरैलाई टहरामा बास बस्न बाध्य बनायो ।

खानेपानी, मठ मन्दिर, विद्यालय पुल पुलेसा, सामाजिक संरचना प्राकृतिक सम्पदा, साँस्कृतिक सम्पदा, केही बाँकी रहेन । भूकम्पपछि अधिकाँस खानेपानीका मुहान सुक्दै गए । मुहान सुकेपछि गाउँमा खानेपानीको अभाव देखिदै गयो ।

भूकम्पका कारण धेरैलाई मनोसामाजिक समस्या देखियो । गाउँका सर्वसाधारण, वालवालिकाहरु, महिला तथा जेष्ठ नागरिकहरुमा मानसिक समस्याहरु देखिएपछि परिवारमा अर्काे तनाव पैदा भयो । त्यसले कमाई गरी खाने पेशा र व्यवसाय खेतीपातीमा समेत ठुलो प्रभाव पर्यो ।

भूकम्पका कारण देखिएको ठुलो समस्याले लामैसमयसम्म असर गरिरह्यो । २०७२ सालको भूकम्पछि सामाजिक संघसंसथा, सरकारी निकाय तथा विदेसी संघसंसस्थाको सहयोग लिए गाउँ गाउँ पुगेका पाईए ।

अहिले विस्तारै गाउँको मुहार फेरिएको देख्न सकिन्छ । भूकम्पले ढलेका घरहरु उठाईदै छ । विद्यालयको पुननिर्माण हुदैछ । जिविकोपार्जनका लागि विभिन्न उपायहरु खोजिएका छन् ।

गाउँका समुदाय विकासको पर्खाईमा देखिन्छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा अहिले क्रमिक विकास भएको देख्न सकिन्छ । ग्रामिण भेगको विकास, तिव्र गतिमा भईरहेका छन् । कच्ची बाटोहरु ग्रावेलिङ गरिदै छन् । घरहरु बन्दैछन् । समुदाय जुट्दैछन् ।