अजोड इन्स्योरेन्सले आफ्नो वार्षिक उत्सव सामजिक कार्यक्रम सहित मनायो

असार २२, काठमाडौं— अजोड इन्स्योरेन्स प्रालिले आफ्नो प्रथम बर्षको वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त अवसरमा संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु पनि गरेको थियो ।

कम्पनीले गत शुक्रबार रक्तदान कार्यक्रम, शनिवार बिभिन्न चेतना मुलक सन्देश प्रवाह हुने प्ले कार्ड व्यानर सहित नगर परिक्रमा गरेको थियो ।

त्यसैगरी कम्पनीले आगामी २३ गते सोमबार नैकापस्थित एक सरकारी बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।

कार्यक्रममा कम्पनीले सेयाग्राहीको सुविधाको लागि ३६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिन जस्ता बिषयहरुमा जानाकारी दिइएको थियो ।