विषादी परीक्षण नगर्ने निर्णय माथि नेविसंघको बिरोध

असार २२, काठमाडौं — नेपाल आयात हुने भारतीय तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारको उक्त कदमको विरोधमा तरकारीसहित प्रदर्शन गरेको हो । आईतबार बिहान वाल्मिकी क्याम्पसबाट शुरु भएको विरोर्ध याली पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो।

विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरेका थिए । सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको थियो । तर असार १३ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय फिर्ता लिएको थियो ।