कञ्चनपुरका स्थानीय तहमा विप्लब नेतृव्वद्धारा तालावन्दी

असार २२, काठमाडौं — नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । विप्लवले जिल्लाका नगररगाउँ तथा वडा कार्यालयमा शनिबार राति तालाबन्दी गरेको हो ।
महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
विदाका दिन तालाबन्दी गरिएपछि स्थानीय जनप्रतिनिध अचम्मित भएका छन् । स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दी प्रहरीले तोडिदिएको छ । तालाबन्दी गरिएका कार्यालय क्षेत्रमा विप्लव नेतृत्वको नेकपाले अपिल पत्र छोडेको थियो । सरकारले आफ्ना नेता कार्यकर्तामाथी धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको जनाएको छ ।