विदेशी मुलुकको विकासको नक्कल गर्दा देशमा समस्या बढ्यो —नेपाल

असार १७, काठमाडौं —नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा देशमा समस्या बढेको बताएका छन् । पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभामा मंगलबार बोल्दै नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति र अवकासजस्ता क्रयाकलापले जनतामा असन्तुष्टी बढेको बताए ।
व्यवहारमा लागु गर्न नसक्ने सिद्धान्त सहि सिद्धान्त नभएको उल्लेख गर्दै उनले परिर्वतनको आवश्यकता समेत औलाए औल्याए । उनले व्यवहारले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जन गर्नुपर्ने बताए ।