खानेपानी इन्जिनियर चार लाख घुस सहित पक्राउ

असार १७, काठमाडौं — खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर अख्तर मोहम्मद चार लाख घुस सहित पक्राउ परेका छन् ।
उनले सेवाग्राहीसँग कमिशन लिएको सुचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।उनलाई नियन्त्रणपछि अनुसन्धान भइरहेको आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाले बताए ।