युवायुवती निर्यात गर्ने देशको रुपमा नेपाल बदनाम

असार १७, काठमाडौं —राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले युवायुवती निर्यात गर्ने देशका रुपमा नेपाल बदनाम भएको भन्दै सरकार समक्ष गुनासो गरे ।

नेकपाका सांसद बिडारीले नेपाल सक्षम तथा दक्ष युवाहरु निर्यात गर्ने देशका रुपमा बदनाम भएको प्रसंङ्गलाई जोड दिए ।उनले यसबाट सरकार मुक्त हुन सक्नुपर्ने बताए ।

पछिल्लो समय देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै सांसद बिडारीले सरकारले समेत किन्ने सामाग्रीलाई अनुमानित दोब्बर बजेट विनियोजन गरेको आरोप लगाए ।

उनले आर्थिक क्षेत्रमा बलियो तथा पहँुचवाला व्यतिmलाई सरकारले कानुनी दायरामा ल्याउन नसकेको आरोप लगाए । एउटा र्भयाङ भाँच्चिएको किसानले सानो रुख काट्दा वन मुद्दा बोक्ने गरेको बताउँदै अर्बौँको काठ तस्करी गर्नेलाई सरकारले रोक्न नसकेको भन्दै सकारको आलोचना गरे ।