अध्यारोमा बसेर मोबाइल चलाउनुहुन्छ भने थाहा पाउनुहोस् यी कुरा

असार १५, काठमाडौं — आधुनिक जीवनशैलीमा मोबाइल फोन सबैभन्दा बढी प्रयोग हुने बस्तु भइसकेको छ । हामी मोबाइलबिना थोरैे समय पनि रहन सक्दैनौँ ।

हामीमध्ये धेरैको बानी छ, रातको समयमा अझ सुत्नुभन्दा अघि अध्यारोमा भिडीयो हेर्ने, च्याट गर्ने तथा सोसल मिडियामा अपडेट हुने हामा्रे दैनिकी हो । यसरी अध्यारोमा स्मार्टफोनको प्रयोगले आँखा र मस्तिष्कमा नराम्रो असर पर्ने गर्दछ । अनुसन्धानले अध्यारोमा स्मार्टफोन चलाउनु खतराजनक हुने देखाएको छ ।

यी हुन् अनुसन्धानका क्रममा पता लागेका तथ्यहरुः

अमेरिका मस्कुलर डिजेनेरेशन फाउन्डेशनका अनुसार रातिमा सुत्नुअघि मोबाइल चलाएमा आँखाको रेटिनामा गम्भीर असर पर्छ जसले गर्दा आँखाको ज्योति कमजोर हुन जान्छ ।

रातको समयमा सुत्नुअघि मोबाइल चलाउनेहरुको शरीरमा मेलाटोनिन नामक हर्मोनमा कमी हुन थाल्छ । शरीरमा मेलाटोनिन हर्मोनको कमी आएमा राति अबेरसम्म निन्द्रा नलाग्ने समस्या देखापर्ने हार्भड युनिभर्सिटीले गरेको अनुसन्धानले जनाएको छ ।

युनिभर्सिटी अफ ओरसेष्टर बेलायतले भने आफनो अध्ययनले राति अबेरसम्म स्मार्टफोन प्रयोगकर्ताको शरीरमा मेलाटोनिन हर्मोनको कमीका कारण तनाब बढ्ने गरेको बताएको छ ।

यतिमात्र होइन युनिभर्सिटी अफ बोर्डेक्स फ्रान्सले एक अध्ययनर्माफत यसबाट मस्तिष्कको स्मरण शक्तिमा पनि असर पार्ने देखाएको छ ।

राति अबेरसम्म मोबाइल चलाउदा आँखाको सिलियरी मांसपेशीमा असर पर्दछ । जसले आँखाको फोकस गर्न सक्ने शक्ति कमजोर हुन्छ । र आँखालाई कुनै कुरामा फोकस गर्न समस्या आउँछ ।

शरीरले पुरा निन्द्रा पाउन नसक्दा यसले दिनभर नै थकानको महशुस हुन्छ । डार्क सर्कलको पनि समस्या देखिन सक्छ ।