‘धर्तीमाता’ माथि थप अनुसन्धान गर्न म्याद थप

असार १५,काठमाडौं — आफुलाई धर्ती माता बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले ७ दिनको म्याद थप गरेको छ ।
काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले म्याद दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । उनी अहिले काठमाडौं प्रहरीको हिरासतमा रहेकी छन् ।

एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कुँवरले प्रहरीसँग बयान दिने क्रममा कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् । तर, आफूमा शक्ति भएको बताएकी छन् ।