अमेरिका र चीन व्यापार वार्ता पुनः सुरु

बीबीसी,

असार १५ , काठमाडौं — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिंगबीच व्यापारिक विषयमा एक नयाँ ढङ्गले कुराकानी गर्ने सहमती बनेको छ । संसारका यी दुई शक्तिशाली देशबीचको सम्बन्ध केही सौहाद्र्ध हुनसक्ने अनुमान गरिएको छ ।

जापानको ओसाकामा जी–२० शिखर सम्मेलनको अबसरमा शनिबार उनीहरु बिच भेट भयो ।

त्यसपछि अमेरिका र चीन व्यापार वार्ता पुनः सुरु गर्ने कुरामा सहमत भए ।

यो सहमतीबाट लामो समयदेखि व्यापारिक गतिरोधको स्थितीमा अब सुधार आउने आशा गर्न सकिन्छ । अर्थात लामो समयदेखि चल्दै आएको यो गतिरोधका कारण पैदा भएको अन्तरराष्ट्रिय आर्थिक मन्दीबाट केही राहत त पक्कै मिल्नेछ ।

अमेरिकी राष्ट्रपतिले आफूले अमेरिकी अमेरिकी कम्पनीलाई चीनको सबैभन्द ठूलो टेक कम्पनीमध्ये एक ह्वावेको विक्रि जारी राख्न अनुमती दिने घोषणा गरेका छन् ।
ट्रम्पको यो घोषणलाई एउटा निकै ठूलो छुटको रुपमा हेरिएको छ ।

यी घोषणा आफैंमा विशेष छ किनभने यसअघि अमेरिकाले चीनलाई अतिरिक्त व्यापारिक प्रतिबन्ध लगाउने धम्की दिएका थिए ।

ट्रम्पले भविष्यमा बेइजिङसँग कुराकानी जारी राख्ने पनि बताएका थिए ।

त्यसपछि ट्रम्पले एक पत्रकार सम्मेलनको घोषणा गर्दै अमेरिकी प्राविधिक कम्पनीलाई पुनः ह्वावेको विक्रि गर्नसक्ने बताए । यो घोषणा निकै विशेष छ किनभने अमेरिकी वाणिज्य विभागले पछिल्लो महिनामात्र उक्त प्रतिबन्ध लगाएको थियो र यसलाई अब पूर्ण रुपमा उल्टाइएको छ ।

यसअघि मे महिनामा पनि दुई देशबीच वार्ता भएको थियो तर केही सकारात्मक नतिजा निस्किएको थिएन । उक्त शिखर सम्मेलनपूर्व दुई देशबीचको सम्बन्ध अत्यधिक बिग्रिएको थियो ।
एजेन्सी