रवि ओडको नयाँ गीत सार्वजनिक

असार १४,काठमाडौं –   नेपाल आइडल सिजन २ बिजेता रवि ओडले हाइलाइट्स नेपालको च्यानलमार्फत युट्युबमा नयाँ गीत सार्वजनिक गरेका छन । गीतमा प्रेमका भावनालाई उनिएको छ ।

रवि ओड र दुर्गा खरेलको स्वर रहेका रोमान्टीक गितमा ध्रुवप्रसाद अम्गाईँका शब्द र अर्जुन पोखरेलको संगीत भरेका छन् ।

‘घरमा कुरा’ बोलको गीतको भिडियोमा आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले अभिनय गरेका छन् । भिडियोमा प्रियंका र आयुष्मानको माया झल्कीएको छ ।

उतm गीतको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् ।