व्यापार घाटा १२ खर्ब रुपैयाँभन्दा बढी

असार १५, काठमाडौं — चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ व्यापार घाटा पुगेको हो ।

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा प्रत्येक महिना व्यापार घाटा चुलिंदो रहेको छ । वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकको व्यापार घाटा पनि वृद्धि भएको हो । ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपियाँको वैदेशिक व्यापार भएको थियो । जसमध्ये ८७ अर्ब ८३ करोड ४९ लाख रुपियाँको मात्र निर्यात भएको छ ।

गत वर्षको सेही अवधिमा देशले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपियाँ व्यापार घाटा व्यहोरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७ दशमलव ५० प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशतमात्र निर्यात भएको देखिएको छ । यो समाचार आजको समाचार दैनिकबाट लिएका हौं ।