जनताको अधिकार सरकारले खुम्चाएको देउवाको आरोप

असार १४,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका जन्मिएर समाजका विभिन्न विधामा चर्चा कमाएका व्यक्तिलाई शनिबार काठमाडौंमा सम्मान गर्दै उनले प्रेसलाई कमजोर बनाएर मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउन सरकार लागिपरेको आरोप लगाए ।

उनले सरकारले जनतालाई ठूलो करको भार थोपरेका टिप्पणी गर्दै यसले जनतालाई सास्ती दिने काम भएको उल्लेख गरे ।साथै स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पतिंmलाई निर्देशन दिएका छन्।

कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का ,मोहन कोइराला र भारतीय सांगीतिक कार्यक्रम सारेगमपका तेस्रो विजेता आयुष केसीलाई सभापति देउवाले सम्मान गरेका थिए।