भारतमा पर्खाला भत्किंदा १७ जनाको मृत्यु

असार १४, काठमाडौं — भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोढवा ईलाकामा पर्खाल भत्कँदा १७ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले घटनामा परि ११ जना पुरुष , दुई जना महिला र चार जना बालबालिकाको मृत्यु भएको बताएका छन् ।

घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी रहेको छ ।

एउटा भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । ठेकेदारको लापरबाहीले पर्खाल भत्किएको हुनसक्ने भन्दै छानबिन सुरु भएको छ ।
एजेन्सी