मापसे गरेर कार चलाउँदा काठमाडौँमा भयानक दुर्घटना

असार १४, काठमाडौं — काठमाडौंको जमलमा शनिबार बिहान एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा ११ च ३६०४ नम्बरको कार दुर्घटनामा परेको हो ।

बिहान करिब सवा ७ बजे भएको सो दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ खुट्टामा सामान्य चोट लागेको छ । कारमा सवार तीन जना पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक रहेका छन् ।

चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।

दुर्घटनाको क्रममा कार उछिटिएर सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोलाई ठक्कर दिन पुगेको माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ मापसे गरेर कार स्ंवयले चलाएको बताए ।