पास भएकाहरु सीप परीक्षणपछि मात्र कोरिया जान पाउने

असार १४, काठमाडौं — वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । भाषा परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि कोरिया पुगेका युवाले आत्महत्या गर्नुको साथै डिप्रेसनमा पर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ ।
कोरिया सरकारले कामदारको न्यूनतम पारश्रमिक साढे एक लाख रुपैयाँ तोकेको छ । शाखाका अनुसार रोजगारीका लागि कोरिया पुगेका अधिकांश श्रमिकले ओभरटाइम सुविधा पाउने गर्छन् । ओभरटाइम सुविधाका कारण कतिपय श्रमिकको मासिक पारिश्रमिक तीन लाख रुपैयाँसम्म पुग्ने शाखाका कर्मचारी बताउँछन् ।